काठमाडौं, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिमा निर्वाचन हुने पद, समूह र सङ्ख्या निर्धारण गरिएको छ।
कांग्रेसको विधान, निर्वाचन निर्देशिका–२०८३ तथा महाधिवेशनको बन्दसत्रबाट स्वीकृत पदअनुसार निर्वाचन हुने पद र समूह निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन हुने पदमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र ११ सहमहामन्त्री रहेका छन्। यसबाहेक विभिन्न समूह तथा क्षेत्रबाट केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ।
सभापतिले मनोनीत गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनीत सदस्य भने निर्वाचनबाट चयन हुने छैनन्।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरोकारवालालाई निर्वाचन हुने पद, समूह र सङ्ख्याबारे जानकारी गराएको छ।
कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा जारी छ।
निर्वाचन हुने पद, समूह र सङ्ख्या यसप्रकार छन् :
















प्रतिक्रिया दिनुहोस्