काठमाडौं, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ। निर्वाचन समितिका अनुसार आज दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ भने त्यसपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ।
बुधबार बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। असोज २२ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।
मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ। बागमती प्रदेशका लागि राष्ट्रिय सभागृह, गण्डकी र लुम्बिनी प्रदेशका लागि प्रज्ञा–प्रतिष्ठान तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदानस्थल तोकिएको छ।
पारित संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। सभापतिबाट ६६ जना केन्द्रीय सदस्य मनोनित हुने व्यवस्था गरिएको छ।
यसैबीच, कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि मतदाता अर्थात् महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ। छुटेका प्रतिनिधि भए अन्तिम नामावली प्रकाशनका क्रममा समावेश गरिने समितिले जनाएको छ।
प्रकाशित नामावलीमा कुनै दाबी–विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ।
महाधिवेशन प्रतिनिधिको नामावली विवरण यस्तो छ :












प्रतिक्रिया दिनुहोस्