जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार ०९:१३

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै


काठमाडौं, असोज २० । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दैछ।

संसद् सचिवालयका अनुसार बैठक मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ।

बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ।