काठमाडौं, असोज २० । पर्साको वीरगञ्जबाट भन्सार छली भारतबाट ल्याइएका १० लाख रुपैयाँभन्दा बढीका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरिएको छ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पलका आइफोन–१७ तीन थान र आइफोन–१५ एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मोबाइलको मूल्य ५ लाख ५२ हजार २१० रुपैयाँ रहेको छ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको ४ लाख ५४ हजार ५५० रुपैयाँ बराबरका कस्मेटिक सामान र स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सबै सामानको कुल मूल्य १० लाख ६ हजार ७६० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्