काठमाडौं, असोज २० । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिमा प्रस्तावित १३ राजदूतको सुनुवाइ आजदेखि सुरु हुँदैछ।
संसद् सचिवालयका अनुसार आज बिहान सवा ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी सदस्यहरूलाई वितरण गरिनेछ। प्रस्तावित १३ राजदूतविरुद्ध सातवटा उजुरी परेको छ।
असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको थियो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरव शमशेर जबरा, जापानका लागि जिग्यान कुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्णको नाम सिफारिस गरेको छ।
त्यस्तै, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ।












प्रतिक्रिया दिनुहोस्