जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार १६:२५

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौं, असोज २० । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ ।न्यायाधीश उमेश लुइँटेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।आपत्तिजनक अभिव्यक्तिका कारण सांसद रचना खतिवडाको जाहेरीपछि प्रसाई पक्राउ पर्नुभएको थियो ।