काठमाडौं, असोज २० । नेपाल पत्रकार महासंघकी कार्यबहाक अध्यक्ष डा. बाला अधिकारी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा उत्रिनुभएको छ ।
भृकुटीमण्डपमा जारी कांग्रेसको १५औं महाधिवेशनमा अधिकारीले केन्द्रीय सदस्यको उम्मेद्वारी दर्ता गराउनु भएको हो । लामो समय पत्रकारितामा बिताउनु भएकी अधिकारी गत पुसमा सम्पन्न कांग्रेसको बिशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबु निवासी बालाले केही समयअघि आमसञ्चार तथा पत्रकारितामा बिद्यावारिधी गर्नुभएको छ । बाला कांग्रेसको १३औं महाधिवेशनदेखि लगातार महाधिवेशन प्रतिनिधि रहनुभएको छ ।
पत्रकारिता र कांग्रेसको राजनीतिलाई एकसाथ अघि बढाउनु भएकी बालाले विश्प पत्रकार महासंघको उपाध्यक्ष, नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्ष, नेपाल पत्रकार महासंघको उपाध्यक्ष, नेपाल प्रेस युनियनको उपाध्यक्ष, उपमहासचिवको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ ।

अधिकारी २०६४ सलदेखि हालसम्म लोकप्रवाह साप्ताहिक र १२ बर्षदेखि लोकसत्ता डटकम नामक अनलाइन सञ्चालन र सम्पादनको नेतृत्व गर्दै आउनु भएको छ । पत्रकारितामा आफ्नो अनुभव, पार्टीमा गरेको योगदान र बदलिएको कांग्रेसलाई जनताको मनमनमा पुर्याउने कामका लागि आफू केन्द्रीय सदस्यको उम्मेदवार बनेको अधिकारीले बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस्