जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार १४:२३

माडीमा खोलाले बगायो बिरामी लिएर आएको एम्बुलेन्स


बीरगञ्ज, असोज २१ । पर्साको ठोरी गाउँपालिका ४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।

आज बिहान माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको हो । गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीका अनुसार खोलाले एक्कासी एम्बुलेन्स बगाएको हो ।

एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए । उनीहरू सबै सकुशल रहेको उपाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । तत्कालै स्थानीयले उद्धार गरेका कारण उनीहरू सुरक्षित र सकुशल रहेका हुन ।