जुम्ला, असोज २२ । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ ।
प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन लिङ्गो तान्ने परम्परा रहेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकका अनुसार लिङ्गो तान्ने जात्राका अवसरमा जिल्लाभर सार्वजनिक बिदा दिइएको हो ।
चन्दननाथ र भैरवनाथ मन्दिरको वार्षिक स्थापना दिवसका दिन पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताउनुभएको छ ।
हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन हुने लिङ्गो तान्ने कार्यक्रमलाई जुम्लाको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ ।












प्रतिक्रिया दिनुहोस्