काठमाडौं, असोज २२ । काठमाडौंको कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ ।
लुटपाटमा संलग्न व्यक्ति जडिबुटी पुलमुनि रहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो । त्यसक्रममा लुटेराले प्रहरीमाथि खुकुरी प्रहार गरेपछि प्रहरीले गोली चलाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताउनुभएको छ ।
प्रहरीले घटनास्थलबाट लुटपाटमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभएको छ ।
घटनामा प्रहरी र पक्राउ परेका व्यक्तिहरू घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको परिचय तथा घटनाको थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको एसएसपी घिमिरेले बताउनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्