काठमाडौं, असोज २२ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को वरिष्ठ नेता नियुक्त भएकी छन्।
एमाले स्थायी कमिटी बैठकका क्रममा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। यससँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीलाई यसअघि बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। मनोनीत भएपछि भण्डारी बिहीबार पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी हुन्।
भण्डारी राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी थिइन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि उनको आगामी राजनीतिक भूमिकाबारे चर्चा हुँदै आएको थियो।
एमालेको उच्च तहमा जिम्मेवारी पाएसँगै भण्डारीको पुनरागमनलाई पार्टीभित्रको राजनीतिक गतिविधि र नेतृत्व संरचनाका दृष्टिले चासोका साथ हेरिएको छ।












प्रतिक्रिया दिनुहोस्