जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १९:४६

दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको भीड


काठमाडौं, असोज २२ । बडादशैँ नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँबसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढेको छ।

दशैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेसँगै नयाँबसपार्कमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुको भीड देखिन थालेको हो।

दशैँका लागि काठमाडौंमा रहेका नागरिकहरू धमाधम गाउँघर फर्किन थालेका छन्। विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको व्यवसायीहरूले बताएका छन्।

यात्रुको सहजताका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने जनाइएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै दशैँको मुख्य समयमा घर फर्किने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको छ।

नयाँबसपार्कबाट देशका विभिन्न जिल्लामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन्।