जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १९:४९

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक भोलि


काठमाडौं, असोज २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ।

बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। साथै पार्टीको आगामी रणनीति तय गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।