जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार २०:०७

कांग्रेस महाधिवेशन : मतदान भोलि बिहान ७ बजेदेखि हुने


काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलिका लागि सरेको छ।

बिहीबार बिहान १० बजेका लागि तय गरिएको मतदान पटक–पटक समय तोकिए पनि हुन नसकेपछि भोलिका लागि सारिएको हो। महाधिवेशन निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने जनाएको छ।

निर्वाचन समितिका अनुसार निर्वाचन सामग्री छपाइमा समय लागेकाले आज मतदान हुन नसकेको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले पत्रकार सम्मेलनमार्फत मतदान प्रक्रियामा ढिलाइ हुनुको मुख्य कारण प्राविधिक तथा व्यवस्थापकीय जटिलता भएको बताउनुभयो।