काठमाडौं, असाेज २३ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान भइरहँदा आसपासका सडकमा सवारी जाम निकै बढेको छ।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चुन्न आज बिहान पौने ९ बजेदेखि मतदान भइरहेको छ। निर्वाचन समितिका खुलामञ्चमा कोसी प्रदेश र तराई-मधेसका प्रतिनिधिका लागि मतदान केन्द्र व्यवस्था गरिएको छ भने खुलामञ्चको हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन्।
यस्तै खुलामञ्चमा तराई-मधेस हलमा मधेस प्रदेशका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था मिलाइएको छ।
यसैगरी खुलामञ्चमै बनाइएको पहाड हलमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाहरूका प्रतिनिधिहरूका लागि मतदान केन्द्र स्थापना गरिएको छ।
यस्तै राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा बाँकी समूह तथा केन्द्रीय प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।












प्रतिक्रिया दिनुहोस्