काठमाडौं, असोज २३ । रोयल एवान इन्भेस्टमेन्ट प्रालिको शुभकामना आदान–प्रदान तथा दशैँ उपहार वितरण कार्यक्रम सम्पन्न भएको छ। रोयल एवान ग्रुपका अध्यक्ष हरिबहादुर श्रेष्ठ ‘नविन’को अध्यक्षता तथा राष्ट्रियस्तरमा ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकार जितबहादुर नेपाल ‘जितु नेपाल’को प्रमुख आतिथ्यतामा चाबहिलस्थित होटल एवान क्याफे एण्ड पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गोर्खा ब्रुअरी प्रालिका सिनियर म्यानेजरहरू रवीन्द्र सुवेदी र कृष्ण अधिकारीलगायत विभिन्न कम्पनीका प्रतिनिधि, समाजसेवी, रोयल एवान ग्रुपसँग आबद्ध महिला उद्यमी, उद्यमी–व्यवसायी, सञ्चालक, शेयर सदस्य तथा होटल क्षेत्रमा कार्यरत सेफ, म्यानेजर र क्याप्टेनहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालमा उद्यमशीलताका अवसर र चुनौती, व्यवसाय सञ्चालनका वर्तमान समस्या, ग्राहकका रुचि तथा आवश्यकताको पहिचान, खाद्य स्वच्छता र सेवा उत्कृष्टतालगायतका विषयमा छलफल तथा विचार आदान–प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपालले रोयल एवान ग्रुपले छोटो समयमै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको उल्लेख गर्दै आफू पनि एवान ग्रुपसँग आबद्ध सञ्चालकका रूपमा व्यावसायिक पहिचान बनाउन पाउँदा गर्व महसुस भएको बताउनुभयो। उहाँले रोयल एवान ग्रुपले राजधानीमा मात्र सीमित नभई देशका विभिन्न पर्यटकीय तथा व्यावसायिक क्षेत्रमा शाखा विस्तार गर्दै होटल, रिसोर्ट र पर्यटन क्षेत्रमा आफ्नो पहिचान अझ फराकिलो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, खाद्य स्वच्छता र सेवा उत्कृष्टतालाई प्राथमिकतामा राखेर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र आफूले एवानको ब्रान्ड एम्बेसडरका रूपमा प्रचारप्रसार गर्दा गौरव महसुस हुने बताउँदै उहाँले “एवान भनेपछि गर्व लाग्छ” भन्नुभयो।
कार्यक्रममा सहभागीहरूबीच दशैँको शुभकामना आदान–प्रदान गर्नुका साथै उपहार वितरणसमेत गरिएको थियो। कार्यक्रमले रोयल एवान ग्रुपसँग आबद्ध सञ्चालक, शेयर सदस्य, कर्मचारी, व्यावसायिक साझेदार तथा शुभेच्छुकबीच आपसी सम्बन्ध, सहकार्य र व्यावसायिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमले चाडपर्वको खुसी साटासाट गर्नुका साथै उद्यमशीलता प्रवर्द्धन, गुणस्तरीय सेवा र पर्यटन क्षेत्रको विकासका विषयमा साझा धारणा निर्माण गर्ने अवसरसमेत प्रदान गरेको आयोजकले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्