जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २१:१४

भोलिदेखि दसैँ बिदा, अत्यावश्यक कामका लागि अदालत खुला रहने


काठमाडौं, असोज २३ । अदालतहरूमा भोलि शनिबारदेखि दसैँ बिदा सुरु हुने भएको छ। घटस्थापनाको सार्वजनिक बिदा आइतबार परेकाले अदालतमा नियमित कामकाज बन्द हुने भएको हो।

सर्वोच्च अदालतका अनुसार दसैँ बिदापछि कात्तिक ७ गतेदेखि अदालतहरू नियमित रूपमा खुल्नेछन्। यद्यपि, बिदाको अवधिमा पनि अत्यावश्यक न्यायिक कामका लागि सर्वोच्चसहित सबै तहका अदालत खुला रहनेछन्।

बिदाका दिनमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन तथा जरुरी पक्राउ पुर्जीसम्बन्धी कामकारबाहीका लागि अदालत खुला रहने व्यवस्था गरिएको छ।

घटस्थापना, विजयादशमी, शनिबार र कोजाग्रत पूर्णिमाका दिनबाहेक अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अत्यावश्यक कामका लागि अदालत खुला रहने सर्वोच्च अदालतले जनाएको छ।