जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार ०८:३२

बागमती, मधेश र कोशीमा वर्षा, आजदेखि क्रमशः घट्ने


काठमाडौं, असोज २४ । बागमती र मधेश प्रदेशका केही स्थान तथा कोशी प्रदेशका थोरै ठाउँमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लासहित मधेशका धेरैजसो जिल्लामा पानी परेको छ।

गएराति काठमाडौं उपत्यकामा ठूलो वर्षा भएको थियो। बिहानदेखि भने वर्षाको मात्रा घटेको छ र अहिले हल्का वर्षा भइरहेको छ।

महाशाखाले वर्षा भइरहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसमविद्का अनुसार आजदेखि वर्षा क्रमशः कम हुँदै जाने र मौसममा सुधार आउने अनुमान छ।