जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार ०८:३३

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?


काठमाडौं, असोज २४ । बाढीपहिरोका कारण देशका विभिन्न प्रदेशका राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

उपलब्ध विवरणअनुसार अवरुद्ध तथा प्रभावित सडकको अवस्था यस्तो छ :

  • रसुवा: बाढीका कारण मुख्य राजमार्गका सडक खण्ड पूर्ण रूपमा अवरुद्ध।
  • धादिङ, धुनिबेँसी–९, खत्रीपौवा: पहिरोका कारण त्रिभुवन राजपथ एकतर्फी सञ्चालन।
  • धादिङ, गजुरी–५, गलौंदी: पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध।
  • काभ्रे: बाढीका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध।
  • म्याग्दी, रघुगंगा–२, बैसरी: पहिरोका कारण बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन।
  • नवलपरासी पूर्व, बौदीकाली–३, जन्तीपहिरो: कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा, ठूला गाडी चल्न नसक्ने अवस्था।
  • लमजुङ: बाढीका कारण बेँसीसहर–खाङसार सडक एकतर्फी सञ्चालन।
  • कालीगण्डकी करिडोर: अर्को खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध।
  • भेरी करिडोर: सडक खण्ड एकतर्फी सञ्चालन।
  • सल्यान, बागचौर–११, बालुवासंग्रही: पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध।

बाढीपहिरो प्रभावित सडकमा यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आवश्यक छ।