काठमाडौं, असोज २४ । रक्तचन्दन तस्करीको पुरानो घटनामा संलग्न रहेको आरोप लागेका ठेकेदार नवीनराज बस्नेत पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार राति काठमाडौंको मेरियट होटलबाट पक्राउ गरेको सीआईबीका एआईजी उमा चतुर्वेदीले जानकारी दिनुभयो।
यसअघि ठेगाना नखुलेको भन्दै बस्नेतविरुद्ध रक्तचन्दन तस्करीको मुद्दा अघि बढाइएको थिएन। रक्तचन्दन बरामद भएको ट्रकका चालक र सहचालक भने जेल चलान भएका थिए। उनीहरू सजाय भुक्तान गरेर छुटिसकेका छन्।
बस्नेतको हकमा ठेगाना खुलेपछि मुद्दा अघि बढाउने गरी अभिलेख राखिएको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका क्रममा उनको ठेगाना खुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामेली जगाएर अदालतमा उपस्थित गराउन पत्राचार गरेको थियो।













प्रतिक्रिया दिनुहोस्