काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापामाथि चर्को आलोचना गर्नुभएको छ। उहाँले सिंहदरबारमा आगजनी गर्नेहरूसँग माफी मागेको भन्दै थापाको आलोचना गर्नुभएको हो।
कांग्रेसको इतर पक्षले काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजना गरेको क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले थापामाथि आक्रोश व्यक्त गर्नुभयो।
“मैले गगन थापाजीलाई नामर्द, हुतीहारा, नालायक पनि भन्छु। सिंहदरबार आगो लगाउनेहरूसँग माफी माग्ने मान्छे को हुन्छ यो देशमा ? देशका सारा सम्पत्ति खरानी गर्ने मान्छे को हुन्छ, उसँग माफी माग्ने मान्छे को हुन्छ ?” उहाँले भन्नुभयो।
बस्नेतले नेपाली कांग्रेस बीपी कोइराला र सुशील कोइरालाले नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै यसलाई साहसीहरूको पार्टीका रूपमा चित्रण गर्नुभयो।
उहाँले आन्दोलनका क्रममा भएका घटनाप्रति नेतृत्वले स्पष्ट धारणा राख्न नसकेको आरोप पनि लगाउनुभयो।
“यो मर्दहरूको पार्टी हो। खुकुरी खाएको सभापतिलाई अझ कारबाही गर्छु भन्ने ? २४ घण्टामा देश खरानी हुने गरी आन्दोलन हुन्छ ? घटना हो ? त्यो घटनामा उहाँहरू चुइँक्क बोल्न नसक्ने, यो आन्दोलन ठीक हो भन्ने ? हामीले गल्ती गर्यौँ, हामी माफी माग्छौँ भन्ने ?” उहाँले प्रश्न गर्नुभयो।
बस्नेतले थापाले पार्टीका नेताहरूको सुझाव नमानिएको र गल्ती भएको भन्दै अभिव्यक्ति दिँदै हिँडेको टिप्पणीसमेत गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्