काठमाडौं, असोज २४ । कञ्चनपुरको दोधारा चाँदनीमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनका लागि तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक (असई) सागरराज थारु महाकाली नदीमा बेपत्ता हुनुभएको छ।
दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत थारु नेपाल टेलिकमको तार तान्ने क्रममा नदीमा बेपत्ता हुनुभएको हो।
केही दिनअघि महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि टेलिकमको तार चुडिएको थियो। त्यसपछि दोधारा चाँदनी क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।
अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने क्रममा घटना भएको सशस्त्र प्रहरीले जनाएको छ। बेपत्ता असई थारुको खोजी भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्