जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार १५:५५

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणनाबारे छलफल सुरु


काठमाडौं, असोज २४ । नेपाली कांग्रेसमा उपसभापति र महामन्त्री पदको मतगणनाबारे उम्मेदवार र केन्द्रीय निर्वाचन समितिबीच छलफल सुरु भएको छ।

पार्टीको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छलफलमा उपसभापति र महामन्त्री पदका उम्मेदवारहरू सहभागी छन्। उनीहरूसँग परामर्श गरेपछि मतगणना अघि बढाउने निर्वाचन समितिको तयारी छ।

यसअघि शुक्रबार राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सम्पन्न भएको थियो। मतपरिणामअनुसार गगन थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो।

अब कांग्रेसमा उपसभापति र महामन्त्री पदको मतगणना अघि बढाउने तयारी गरिएको छ।