जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १०:१८

बूढीगण्डकीमा बाढी आएपछि आरुघाट बजार खाली गराइयो


गोरखा, असोज २५ । बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि जोखिमलाई ध्यानमा राख्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ ।

आइतबार बिहान नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो ।

सुरक्षाकर्मीले माइकिङ गर्दै स्थानीय बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । नदीको बहाव बढिरहेकाले सम्भावित जोखिमबाट बच्न नदी किनार र तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।