जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १६:५१

बूढीगण्डकी बाढीले ६ पुल बगायो, १० जना सम्पर्कविहीन


गोरखा, असोज २५ । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ। धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगेको छ।

त्यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्‍याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत क्षति पुगेको छ।