जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार ०८:००

कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडा सबैभन्दा अगाडि, अजयबाबु पछ्याउँदै


काठमाडौ, असाेज २६। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी रहेको छ। आज बिहानसम्मको मतपरिणामअनुसार रामहरि खतिवडा सबैभन्दा अगाडि रहनुभएको छ।

दुई खुल्ला सहमहामन्त्रीकाे लागि जारी मतगणनामा हालसम्म खतिवडाले ७६८ मत प्राप्त गर्नुभएको छ। उहाँलाई अजयबाबु शिवाकोटीले ५४८ मतसहित पछ्याइरहनुभएको छ। त्यस्तै, डिल्लीराज सुवेदीले ४३९ र देवेन्द्रराज कँडेलले ३३४ मत प्राप्त गर्नुभएको छ।

बिहानसम्मको मतपरिणामअनुसार उम्मेदवारले प्राप्त गर्नुभएको मत यसप्रकार छ :

१. रामहरि खतिवडा — ७६८ मत
२. अजयबाबु शिवाकोटी — ५४८ मत
३. डिल्लीराज सुवेदी — ४३९ मत
४. देवेन्द्रराज कँडेल — ३३४ मत
५. विकास कोइराला — २८४ मत
६. राजीव ढुंगाना — २५३ मत
७. रमेशप्रसाद धमला — २०५ मत
८. अमृतकुमार अर्याल — १७६ मत
९. विमलराज क्षेत्री — ६१ मत

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।