जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार १३:४९

एमाले कार्यालयको सुरक्षाकर्मी हटाएर दिल्ली उडे गृहमन्त्री सुधन


काठमाडौं, असोज २६ । सरकारले नेकपा एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता बोलाएको छ ।

गृहमन्त्री सुधन गुरुङले भारत भ्रमण उडनुअघि एमाले मुख्यालयबाट प्रहरी फिर्ता गर्ने निर्णय लिनुभएको हो । एमाले मुख्यालयबाट प्रहरी हटाएको केही समयपछि गृहमन्त्री गुरुङ सोमवार नै भारत भ्रमणमा निस्कनुभएको छ ।

एमाले केन्द्रीय कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको थियो । सोमवार बिहानदेखि टोली हटाइएको हो । एमाले प्रचार तथा प्रकाशन बिभाग प्रमुख निरज आचार्यका अनुसार सोमवार बिहानदेखि सुरक्षाकर्मी फिर्ता भएका छन ।

‘सोमबारदेखि कार्यालयको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता गएका छन्’, प्रचार विभाग प्रमुख नीरज आचार्यले भन्नुभयो, ‘किन हटाएको हो भन्ने केही खुलेको छैन ।’

गृहमन्त्री सुधन गुरुङले दिल्ली उडने दिन नै किन एमाले कार्यालयको सुरक्षाकर्मी फिर्ता बोलाउनु भयो भन्ने बिषय निकै रहष्यमय बनेको छ । सरकारले बिनासूचना गृहमन्त्री भारत जाने दिन पारेर सुरक्षाकर्मी फिर्ता गरेपछि यो प्रश्न जन्मिएको हो ।