काठमाडौं, असोज २६ । नेकपा एमालेका थप १३ जना मनोनीत केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौंको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो।
दुई दिनअघि बसेको एमाले स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।
केन्द्रीय सदस्यमा मनोनीत हुनेमा श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।
शपथसँगै उनीहरूले पार्टीको केन्द्रीय सदस्यका रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।














प्रतिक्रिया दिनुहोस्