काठमाडौं, असोज २६ । नेकपा संयुक्तका नेता तथा पूर्वसांसद डा. विजय पौडेलको निधन भएको छ।
पौडेलको कीर्तिपुर अस्पतालमा निधन भएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार उहाँलाई अस्पताल पुर्याउँदा नै मृत्यु भइसकेको थियो।
लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहनुभएका पौडेल माधवकुमार नेपाल नेतृत्वको समूह एमालेबाट अलग भएपछि नेकपा एकीकृत समाजवादीमा आबद्ध हुनुभएको थियो। पछि उहाँ नेकपा संयुक्तमा सक्रिय हुनुभएको थियो।
पौडेल जनता टेलिभिजनका सञ्चालकसमेत हुनुहुन्थ्यो।














प्रतिक्रिया दिनुहोस्