काठमाडौं, असोज २७ । काठमाडौंको तारकेश्वर नगरपालिका–लोलाङमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले मंगलबार अपराह्न लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा तीन राउन्ड हवाई फायर गरेको हो।
ब्युरो स्रोतका अनुसार घटनामा एक जना पक्राउ परेका छन्। उनको साथबाट ३०० ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ।
घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।














प्रतिक्रिया दिनुहोस्