जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार २१:३२

भोटेकोशी बाढीका पीडित परिवारलाई मन्थली नगरपालिकाको २० हजार रुपैयाँ सहयोग


रामेछाप, असोज २७ । भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका मन्थली नगरपालिकाका नागरिकका परिवारलाई नगरपालिकाले प्रतिपरिवार २० हजार रुपैयाँका दरले तत्काल आर्थिक सहयोग उपलब्ध गराएको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको अप्रत्याशित बाढीमा परी मन्थली नगरपालिकाका १० जना बेपत्ता हुनुभएको थियो। बाढीपछि लामो समयसम्म सम्पर्कमा नआउनुभएका उहाँहरूलाई बाढीले बगाएको निश्चित भएपछि आफन्तहरूले परम्पराअनुसार अन्तिम संस्कार गरिसकेका छन्। राज्यले समेत कानुनी प्रक्रिया पूरा गरी उहाँहरूलाई मृत घोषित गरेको छ।

बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आर्थिक सहयोग गरेको नगरप्रमुख लब श्रेष्ठले जानकारी दिनुभयो।

नगरप्रमुख श्रेष्ठ आफैँ पीडित परिवारका गाउँमा पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। केही परिवारलाई रकम हस्तान्तरण गरिसकिएको र बाँकी परिवारलाई पनि सहयोग उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो। दसैँअघि नै सबै पीडित परिवारसम्म पुगेर सहयोग रकम हस्तान्तरण गरिसक्ने उहाँको भनाइ छ।

सहयोग रकम ठूलो नभए पनि दुःख र पीडाको समयमा स्थानीय सरकार आफ्ना नागरिकसँगै रहेको अनुभूति गराउन आर्थिक सहयोग गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो।

विपद्का कारण आफन्त गुमाएका परिवारलाई तत्काल राहत प्रदान गर्नुका साथै कठिन परिस्थितिमा स्थानीय सरकारले साथ र सहयोग उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको नगरपालिकाले जनाएको छ।

पेश गरिएको कागजात (विवरण) का आधारमा मन्थली नगरपालिका क्षेत्रभित्रका सम्पर्क नभएका (बेपत्ता) व्यक्तिहरूको नाम र विवरणहरू निम्न अनुसार छ:

  • १. सुन्दर श्रेष्ठ
    • उमेर: २८ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा.-१, रामेछाप
    • पेशा/विवरण: लाम्टाङ हाइड्रो इन्जिनियर
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: राजन श्रेष्ठ (बुबा) – ९८४३४५२०००, गोपाल श्रेष्ठ – ९८४३१९६५३१
  • २. गुञ्ज बहादुर श्रेष्ठ
    • उमेर: ३२ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा.-५, सुनारपानी, रामेछाप
    • पेशा/विवरण: रसुवा टिमुुरेमा हाइड्रो कर्मचारी
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: प्रद्युम्न कार्की – ९८६३०२३१०४, पार्वती श्रेष्ठ (भाउजू) – ९८४३२०६०२०, रविन श्रेष्ठ (भाइ) – ९८४३४८७१६०, नर बहादुर तामाङ(सम्र्पी) – ९८४१०७६१६३
  • ३. अनिल तामाङ
    • उमेर: २६ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा. १४ फुलासी, रामेछाप
    • पेशा/विवरण: (भन्सार्मा ई.भि गाडी लिन गएको)
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: श्रीमती यशोदा खड्का – ९८४१९२०९८९
  • ४. प्र.स.नि रामहरि खड्का
    • उमेर: ४६ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा. ४, रामेछाप
    • पेशा/विवरण: ई.प्र.का टिमुरे सुब्बा
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: राम कुमार तामाङ (भतिज) – ९८४४१४१६३१
  • ५. अभिषेक थिड लामा
    • उमेर: ३७ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा.-१०, रामेछाप
    • पेशा/विवरण: चालक
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: दिप कुमार तामाङ(सम्र्पी) – ९८६१५४५७६२
  • ६. सोनु कुमार श्रेष्ठ
    • उमेर: २६ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा.-१ रामेछाप
    • पेशा/विवरण: इशा फाउण्डेसन सद्गुरु मानसरोवर यात्रा
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: टंक कुमार श्रेष्ठ (बुबा) – ९८५४०४०१९७
  • ७. दिपेश बस्नेत
    • उमेर: ३२ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा. ३ अर्चले
    • पेशा/विवरण: टिमुरेमा भन्सार सम्बन्धी काम गर्ने
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: साराबिक्र्म बस्नेत (दाइ नाता पर्ने) – ९८५४०४०३८२
  • ८. मिनराज मोक्तान
    • उमेर: ३१ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा. १९ गैलु, काउले, रामेछाप
    • पेशा/विवरण: चालक
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: दीप कुमार तामाङ(भतिज) – ९८६१५४५७६२
  • ९. सुमन मगर
    • उमेर: २१ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा.-४ सालु
    • पेशा/विवरण: सञ्चालक
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: सुजन मगर(भाइ) – ९८४१६३२०८०
  • १०. अनिल पहरी
    • उमेर: २२ वर्ष
    • लिंग: पुरुष
    • वतन: मन्थली न.पा.-५, सुनारपानी
    • पेशा/विवरण: हाइड्रोपावरमा काम गर्ने
    • आफन्तको नाम/सम्पर्क दिन, व्यक्ति र सम्पर्क नं.: राज कुमार पहरी (बाबु) – ९८४१६३२०८०