काठमाडौं, असोज २८ । देशका पाँच प्रदेशका केही स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
विभागका अनुसार हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
त्यस्तै, राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। अन्य पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्