जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार ०७:३३

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता, निष्कल राई दोस्रो


काठमाडौं, असोज २८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिनुभएको छ।

पछिल्लो मतपरिणामअनुसार महर्जनले एक हजार ९३५ मत प्राप्त गर्नुभएको छ। दोस्रो स्थानमा रहनुभएका निष्कल राईले एक हजार ८५८ र तेस्रो स्थानमा रहनुभएका प्रा.डा. गोविन्दराज पोखरेलले एक हजार ६८६ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, इन्द्रबहादुर बानियाँले एक हजार ६४६, जितनारायण श्रेष्ठले एक हजार ५७१, मोहन आचार्यले एक हजार ५१६ र प्रवल थापाले एक हजार ४७७ मत प्राप्त गर्नुभएको छ।

मतगणनामा हिमालदत्त श्रेष्ठले एक हजार ४१४, राजीव कोइरालाले एक हजार ३९१ र गणेश लामाले एक हजार ३७१ मत प्राप्त गर्नुभएको छ।

नेपाली कांग्रेसमा खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ। उक्त पदका लागि ८९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाम परिवर्तन हुन सक्नेछ।