जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १०:५२

बाढीपीडितका लागि पिपलटारमा बनेका १८ अस्थायी आवास ओलीले हस्तान्तरण गर्ने


काठमाडौं, असोज २८ । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिएका १८ वटा अस्थायी आवास आज हस्तान्तरण गरिने भएको छ।

एमालेनिकट मजदुर संगठन जिफन्टको नेतृत्वमा निर्माण गरिएका आवास पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो।

निर्माण गरिएका प्रत्येक आवासमा शौचालय, बिजुली र पानीको व्यवस्था गरिएको छ। आवास निर्माण अभियानमा जिफन्टका विभिन्न स्वयंसेवक सहभागी भएका थिए।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले नुवाकोट, रसुवा र धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो। बाढीबाट प्रभावित परिवारलाई अस्थायी रूपमा बसोबासको व्यवस्था गर्न आवास निर्माण गरिएको हो।