काठमाडौं, असोज २८। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आदिवासी जनजाति महिलातर्फ गीता गुरुङ र पुरुषतर्फ तीर्थ लामा सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।
निर्वाचन समितिका अनुसार महिलातर्फ गीता गुरुङले २ हजार ८५९ मत प्राप्त गर्नुभएको छ। यसैगरी, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
आदिवासी जनजाति महिलातर्फ आठ पदका लागि ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो।
त्यसैगरी, पुरुषतर्फ तीर्थ लामाले ४ हजार ४२५ मत प्राप्त गर्दै सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।
आदिवासी जनजाति पुरुषतर्फ १२ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ। साे पदका लागि ४१ जना उम्मेदवार प्रतिस्पर्धामा रहनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्