जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १४:०६

लोकदोहोरी गायिका रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित


काठमाडौं, असोज २८ । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनमा गरिएको नेतृत्व चयन चुनावमा थापामगर खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको हो । खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

निर्वाचित भएपछि रीताले फेसबुकमार्फत खुसी व्यक्त गर्दै आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिनुभएको छ ।

‘यो निर्वाचन मेरा लागि पद प्राप्तिको विषय मात्र होइन, लामो समयदेखि नेपाली कांग्रेसप्रति राख्दै आएको आस्था, राजनीतिक प्रतिबद्धता, सामाजिक उत्तरदायित्व र नेपाली कला, संस्कृति तथा लोकसङ्गीतको क्षेत्रमा गरेको यात्राको एउटा महत्त्वपूर्ण उपलब्धि पनि हो,’ रिताको भनाई छ ।

दुई दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय रीता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ।