काठमाडौं, असोज २८ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काभ्रेपलाञ्चोकस्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरको दर्शन गर्नुभएको छ।
प्रधानमन्त्री शाह बुधबार बिहान सडकमार्ग हुँदै मन्दिर पुगेर भगवतीको दर्शन गर्नुभएको हो। उहाँले मन्दिर परिसरमा करिब १० मिनेट बिताउनुभएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहसँग भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र प्रमुख सल्लाहकार कुमार बेन पनि मन्दिर पुग्नुभएको थियो। दर्शनपछि प्रधानमन्त्री काठमाडौं फर्किनुभएको छ।
पलाञ्चोक भगवती मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक हो। ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेको यस मन्दिरमा नवरात्रलगायत विशेष धार्मिक अवसरमा विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन पुग्ने गरेका छन्।














प्रतिक्रिया दिनुहोस्