काठमाडौं, असोज २८ । प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किनुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गर्नुभएको थियो।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोय वाकरसहित उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।
त्यस्तै, वेल्सको ब्रेकनस्थित इन्फ्यान्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा उहाँले अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण गर्नुभएको थियो।
उक्त अभ्यासमा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यलाई प्रधानसेनापति सिग्देलले प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभितसमेत गर्नुभएको थियो।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाका अनुसार यस भ्रमणले नेपाल र बेलायतबीच लामो समयदेखि कायम सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।














प्रतिक्रिया दिनुहोस्