काठमाडौं, असोज २८ । सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १३ जना प्रस्तावित राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
बुधबार समितिले भारत, चीन, श्रीलंका, बेलायत, अमेरिका, जर्मनी, इजरायल, दक्षिण कोरिया, स्पेन र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो।
अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, श्रीलंकाका लागि डा. मञ्चला झा, बेलायतका लागि गौरवशमशेर जबरा र अमेरिकाका लागि चिरनजंग थापा हुनुहुन्छ।
त्यस्तै, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र ओमानका लागि पद्माक्षी राणा अनुमोदित हुनुभएको छ।
मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित राजदूत क्रमशः चूडामणि खरेल, जिज्ञानकुमार थापा र गिरीबहादुर सुनारको नामबारे समितिले छुट्टै निर्णय गर्ने जनाएको थियो।
राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिबाट अनुमोदन आवश्यक हुन्छ।














प्रतिक्रिया दिनुहोस्