जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १९:४४

राष्ट्रपति पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश


काठमाडौं, असोज २८ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो।

प्रमाणपत्र पेश गर्नेमा युरोपेली सङ्घका आवासीय राजदूत चार्ल्स ह्वाइटली रहनुभएको छ। त्यस्तै, इन्डोनेसियाकी लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा. मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुसलामकी सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनीले गैरआवासीय राजदूतका रूपमा ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ।

नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा सम्पन्न समारोहमा नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराएर लगिएको थियो।

ओहदाको प्रमाणपत्र पेश गरेसँगै राजदूतहरूले नेपालमा आफ्नो कूटनीतिक जिम्मेवारी औपचारिक रूपमा अघि बढाउने प्रक्रिया पूरा गरेका छन्।