काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित हुनुभएको छ।
अन्तिम मतपरिणामअनुसार सदर भएका ६ हजार ७३७ मतमध्ये स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा विजयी हुनुभएको हो।
निर्वाचन समितिका अनुसार प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गर्नुभएको छ।
मतपरिणामअनुसार स्नेहीले आफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरसहित जित हासिल गर्नुभएको हो।














प्रतिक्रिया दिनुहोस्