काठमाडौं, असोज २९ । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण पूरा गरी गएराति स्वदेश फर्किनुभएको छ।
गृहमन्त्री गुरुङ असोज २६ गते भारत जानुभएको थियो। मन्त्री बनेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो।
भ्रमणका क्रममा उहाँ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुनुभएको थियो।
नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिम सम्बोधन गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्तावसमेत गर्नुभएको थियो।
स्वदेश फर्किने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच संक्षिप्त भेटवार्ता भएको उहाँको सचिवालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्