रामेछाप, असोज २९ । नेपाल पत्रकार महासंघ रामेछाप र जेसीआई नेपालको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रामेछापमा कार्यक्रम सम्पन्न भएको हो। रामेछापको मन्थलीमा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गर्नुभएको छ।
दसैँको समयमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले जानकारी दिनुभयो।
कार्यक्रममा पत्रकार तथा विभिन्न सामाजिक व्यक्तित्वहरूले रक्तदान गर्नुभएको थियो। चाडपर्वका समयमा बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन तथा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
रक्तदान जीवन बचाउने महत्त्वपूर्ण कार्य भएकाले यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुका साथै आवश्यकतामा रहेका बिरामीलाई सहयोग पुग्ने विश्वास लिइएको छ।














प्रतिक्रिया दिनुहोस्