जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार १३:०४

प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया सफल


काठमाडौं, असोज २९। प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। आज बिहान करिब ४ बजे वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो।

चिकित्सकका अनुसार शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ। शल्यक्रियाका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह पनि अस्पतालमा उपस्थित हुनुहुन्थ्यो।