सर्लाही, असोज २९। सर्लाहीको बागमती नगरपालिका–१ बाट प्रहरीले दुई वटा पेस्तोल र १५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्। उनको साथबाट प्रहरीले तीन थान म्यागजिनसमेत बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान थापाको घर तलासी गर्दा हतियार र गोली फेला पारेको हो।
पक्राउ परेका थापामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्