जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार १७:३४

एमालेको नीति अनुसन्धान प्रतिष्ठान ‘इन्स्पायर’ को वेबसाइट सार्वजनिक


काठमाडौं, असोज २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान ‘इन्स्पायर’ को वेबसाइट सार्वजनिक गर्नुभएको छ।

प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालका अनुसार इन्स्पायरले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधि र भूराजनीतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै नीतिगत बहस अघि बढाउनेछ।

नेपाली र अंग्रेजी भाषामा उपलब्ध वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री राखिएको छ। यसमा आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदनसमेत प्रकाशित छन्।

वेबसाइटमार्फत अनुसन्धानमा आधारित विचारलाई राजनीतिक बहसको मूल प्रवाहमा ल्याउने र एमालेलाई नीतिगत रूपमा बलियो बनाउने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ।