जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार २२:३९

प्रवासी नेपाली मञ्च मलेसिकाको अध्यक्षमा खगेन्द्र श्रेष्ठ निर्वाचित, यस्तो बन्यो कामकाजी टीम


मलेसिया, असोज २९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) मलेसिकाको अध्यक्षमा खगेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

एमाले केन्द्रीय सदस्य तथा ओएनएफ पूर्वी एशिया तथा ओसिनिया महादेश इञ्चार्ज डा. सूर्य पाठकको प्रमुख आतिथ्यतामा यही अक्टोबर ११ तारिक सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा मोहन घिमिरे, सचिवमा राजु पहारी तथा उपसचिवमा सविता तामाङ र सविन लोप्चन तामाङ निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा इश्वर जोशी, मातृका खतिवडा, टोपनारायण भण्डारी, लेखबहादुर खत्री, धनलाल पुन, रणबहादुर बुढा, बिष्णु चौधरी, रुद्र बिक, सुमित याख्खा, भरत केदेम, देवकुमार न्यौपाने र रामसाउत क्षेत्री निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा निवर्तमान कमिटीका अध्यक्ष दयाराम कुमाल, उपाध्यक्ष जीवन दृवान, सचिव कृष्ण खडका, सल्लाहकार परिषदका अध्यक्ष शेरबहादुर गुरुङलगायतका अतिथीहरुले शुभकामना दिनुभएको थियो ।