जनता टाइम्स

३० आश्विन २०८३, शुक्रबार १७:०९

सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, चालकको मृत्यु, दुई घाइते


सर्लाही, असोज ३० । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय विकल साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बीआर ०६ बीए एक्स ०४३५ नम्बरको कार बिहीबार दिउँसो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।