काठमाडौं, ३१ जेठ
तामाकोशी विज्नेश ग्रुप अफ कम्पनिले संस्कारा मन्टेश्वरी प्रि स्कुल नामक मन्टेश्वरी काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहरमहादेवमा सञ्चालन शुरु गरेको छ । यस कम्पनीमा दोलखा जिल्लाबाट काठमाण्डौमा आई बसोबास गर्ने ७ जनाको समुह रहेको छ ।
कम्पनीले बहुउदेश्यीयहरु समावेश गरि ब्यवसाय शुरु गरेको छ । यस कम्पनीमा आबद्ध ब्यक्तिहरुले स्कुल, दन्त हस्पिटल, मिडिया, यातायात र इलेक्टोनिक सामग्री लगायतका क्षेत्रहरु लगायतमा लगानी गर्दै आइरहेको छ । यस कम्पनीले आगामी ५ बर्ष भित्रमा अन्य ब्यवसायहरु पनि सञ्चालन गर्दै बजारमा रहेको आवश्यक्ता र बेरोजगार गुवा जनशक्तिलाई रोजगार दिँदै देशलाई सम्बृद्धिको बाटोमा लानलाई थोरै लगानीबाट शुरु गरेको र आफ्नो सकेको ठाउँबाट अगाडि बढेको युवा नेता, ब्यसायि तथा सञ्चालक सचिब विष्णु पोखरेलले बताउनुभयो ।
जुन कार्यको लागि सरकारको साथ सहयोग र निती नियमहरु बन्दै लगानीको बाताबरण बन्न जरुरत छ । यस कम्पनीले विदेशीहरुको लगानी तथा दातृ निकायहरुको साथ र सहयोगमा पनि ब्यवसायलाई बढाउदैँ लगिने पोखरेलले बताउनुभयो ।
Leave a Reply