जनता टाइम्स

२ माघ २०७६, बिहीबार १९:५०

खिचरा महोत्सवमै मनोज महतोको ‘ओइ पगली’ सार्वजनिक


चितवन । चितवनका चर्चित थारु गायक मनोज महतोले ‘ओइ पगली’ बोलको गीत बजारमा ल्याउनुभएको छ । पूर्वीचितवनको खैरहनीमा जारी सातौं खिचरा महोत्सवमा माघी (खचिरा) पर्वको दिन पारेर माघ १ गते गायक महतोले नयाँ गीत ‘ओइ पगली’ सार्वजनिक गर्नुभएको हो ।

गायक मनोज, टाइम्स सोलुसन प्रालिका अध्यक्ष एबम समाजसेबी नवराज दहाल, समाजसेवी गोपाल पौडेल, समाजसेवी उर्मिला बस्नेतसहित मोडेल वीर चौधरी, खिचरा महोत्सव साँस्कृतिक कार्यक्रमका संयोजक जयस चौधरीलगायतले संयुत्तः रुपमा सो गीतको बिमोचन गर्नुभएको हो ।

यस गीतमा गायक महतोलाई अहिलेकी चर्चित थारु गायिका अनु चौधरीले साथ दिनुभएको छ । यस गीतमा स्वयंम महतोको शब्द र संगीत रहेको छ । गीतको भिडियो स्वंम महतोले आफ्नो युट्युवबाट सार्वजनिक गर्नुभएको छ । गीतको भिडियोमा चर्चित थारु मोडेल वीर चौधरी र सुष्मा चौधरीको अभिनय रहेको छ ।